काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । हिजो बुधवार कोरोनाको कारण मृत्यु हुनेमा परोहा नगरपालिका वडा ७ का ३६ बर्षीय युवक रहेका छन् ।
गत असार २४ गते भारतको बैंगलोरबाट उनी घर आएका थिए । लगतै उनलाई परोहा स्थित आधारभुत बिधालयमा रहेको क्वारेन्टाईनमा राखिएको थियो ।असार २९ गते ३६ बर्षीय युुवाको स्वास प्रश्वासमा समस्या आएपछि उनलाई थप उपचारका लागी नारायणी अस्पताल बिरगञ्ज पठाइएको थियो । उपचारको क्रममा बुधवार दिउँसो साढे २ बजे मृत्यु भएको र स्वाब परिक्षण कोरोना पोजिटिभ आएको जिल्ला स्वास्थ केन्द्रका प्रमुख महेश साहले जानकारी दिए । यससँगै कोरोना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या ३९ पुगेकोछ ।