काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएकाे विवादित अभिव्यक्तिकाे विराेधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नाे धारणा सार्वजनिक गरेकाे छ ।
बुधबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै प्रम ओलीले अयोध्याबारे दिएको विवादित अभिव्यक्तिले केही गम्भीर प्रश्न सिर्जना गरेको बताएका छन् ।
प्रमकाे अभिव्यक्ति नेपाल सरकार र नेकपाकाे हाेइन भन्दै मंगलबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेकाे थियाे । यस्ताेमा नेपाली कांग्रेसले साे अभिव्यक्ति नेपाल सरकार र नेकपाको होइन भने प्रम ओलीमा शासन गर्ने नैतिक र राजनैतिक आधार नभएकाे समेत दावी गरेकाे छ ।
उनले भनेका छन्, ‘प्रतिपक्षी दलका तर्फबाट सार्वजनिक प्रश्न गर्नु हाम्रो कर्तव्य भएको छ— देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरुले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?’
अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको दायित्व एकातर्फ र व्यवहार अर्कोतर्फ हुनु देशका लागि दुर्भाग्य भएको विज्ञप्तिमा उल्लेख छ ।
संस्थागत जिम्मेवारीभन्दा अलग निर्दलीय आधिपत्य प्रधानमन्त्री पदमा संविधानले परिकल्पना नगरेको उल्लेख गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर व्यक्तिगत सनकको कैदी बन्न नमिल्ने पनि बताएका छन् ।
प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र व्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्रीनै बदल्ने कुरा नेकपाकै आन्तरिक विषय भएकोमा कांग्रेस स्पष्ट रहेकाे बताइएकाे छ । ‘तर दुई प्रश्न, देशको प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन ? संस्थागत प्रस्टीकरण अनिवार्यसँग आवश्यक भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र व्यवहारप्रति गम्भीर विमति प्रकट गर्दै यसबारे सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक पनि कांग्रेसले माग समेत गरेको छ ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend