काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकाे छलफल सकिएकाे छ । बुधबार ११:३० मा सुरु भएकाे छलफल ३ घण्टा चलेपनि निष्कर्ष निस्कन नसेकेकाे बालुवाटार स्राेतले बताएकाे छ।
नेकपाकाे विवाद समाधानका लागि निरन्तर छलफल भएपनि दुई अध्यक्षले कुनै विषयमा अहिलेसम्म सहमति भने गर्न सकेका छैनन् । बालुवाटार निकट स्राेतले जनाएअनुसार यतिबेला प्रचण्डले आफूलाई नेकपाकाे एकल अध्यक्ष दिए मात्र पनि हुने बताइरहेका छन् । तर प्रम ओली भने अहिलेकै अवस्थालाई निरन्तरता दिनेमा दृढ छन् । यसकाे बदला प्रचण्ड–नेपाल समूहका लागि मन्त्रिपरिषद् हेरफेर गर्न सकिने लाइनमा प्रम रहेकाे स्राेतकाे दावी छ ।
यस्तैगरी लामाे समयदेखि स्थगित भएकाे नेकपा स्थायी समिति बैठकलाई साउन २ मा संचालन गर्नकाे लागि समेत प्रचण्डले आग्रह गरेका छन् । यसमा प्रम सकारात्मक भएपनि स्थायी समितिले यसअघि राजीनामा मागेका कारण उनी बैठककाे विषयमा निर्णय गर्न नहतारिएकाे बुझिएकाे छ ।
सोमबारदेखि प्रचण्ड अलि बढी सक्रिए बनेका छन् । त्यसअघि चितवनमा रहेका उनले अहिले भेटघाटलाई तीव्र बनाएकाे थाहा भएकाे छ ।
आज पनि प्रधानमन्त्रीसँग छलफल गर्नुअघि प्रचण्डले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend