Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीको सचिवालयकाे स्पष्टाेक्ति – ‘स्वीस बैंकमा प्रमको खाता छैन’


    बुधबार, असार ३१ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्वीस बैंकमा रकम रहेकाे भन्दै प्रकाशित समाचारकाे प्रमकाे सचिवालयले खण्डन गरेकाे छ । बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ग्लोबल वाच एनालाइसिसलाई उद्धृत गर्दै केही नेपाली अनलाइनले प्रकाशित गरेकाे समाचार खण्डन गरेका हुन् ।

    उनले यस्ताे समाचार प्रकाशनलाई गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्ने खालकाे रहेकाे आराेप लगाएका छन् । 

    ‘ग्लाेबल वाच एनालाइसिसकाे हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेकाे अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएकाे छ । स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेकाे वा यस्तै व्यहाेराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपाेलकल्पित रहेकाे स्पष्ट गर्दछु,’ विज्ञप्तिमा थापाले भनेका छन् ‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय सञ्चारमाध्यमहरूकाे रवैया खेदजनक छ।’ 

    विज्ञप्तिमा आम नेपालीलाई त्यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न आह्वान गर्दै सम्बन्धित निकायले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरीत कार्यमा संलग्न व्यक्ति र संस्थामाथि कडा कारबाहीको पनि माग गरिएको छ।

     

    Press note.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार