काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल हुने भएको छ। नेकपाका यी दुई अध्यक्षबीच मंगलबार पनि छलफल भएकाे थियाे । छलफल ११:३० मा सुरु हुने बताइएकाे छ ।
नेकपाकाे विवाद समाधानका लागि निरन्तर छलफल भएपनि दुई अध्यक्षले कुनै विषयमा अहिलेसम्म सहमति भने गर्न सकेका छैनन् । बालुवाटार निकट स्राेतले जनाएअनुसार यतिबेला प्रचण्डले आफूलाई नेकपाकाे एकल अध्यक्ष दिए मात्र पनि हुने बताइरहेका छन् । तर प्रम ओली भने अहिलेकै अवस्थालाई निरन्तरता दिनेमा दृढ छन् । यसकाे बदला प्रचण्ड–नेपाल समूहका लागि मन्त्रिपरिषद् हेरफेर गर्न सकिने लाइनमा प्रम रहेकाे स्राेतकाे दावी छ ।
यस्तैगरी लामाे समयदेखि स्थगित भएकाे नेकपा स्थायी समिति बैठकलाई साउन २ मा संचालन गर्नकाे लागि समेत प्रचण्डले आग्रह गरेका छन् । यसमा प्रम सकारात्मक भएपनि स्थायी समितिले यसअघि राजीनामा मागेका कारण उनी बैठककाे विषयमा निर्णय गर्न नहतारिएकाे बुझिएकाे छ ।
पछिल्लाे समय प्रम ओली अयाेध्या क्षेत्रबारे अभिव्यक्ति दिएर चौतर्फी विवादकाे घेरामा छन् । आजकाे बैठका याे विषयमा समेत छलफल हुने खुमलटार स्राेतले जनाएकाे छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend