Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमतीको कुटाईबाट श्रीमान्‌को मृत्यु


    मंगलबार, चैत्र ८ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । हेटौंडा उपमहानगरपालिका ३ जम्बोमा श्रीमतीको कुटाईबाट एक श्रीमान्‌को ज्यान गएको छ ।

    मंगलबार बेलुकी घरायसी विवादका क्रममा ४१ वर्षीया अनिता विकको कुटाइबाट उनका श्रीमान् ४३ वर्षीय मित्रलाल सुनारको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

    श्रीमतीको कुटाईबाट गम्भीर घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको रिमालले बताए । मृतककी श्रीमती विकलाई मकवानपुर प्रहरीले पक्रेको छ । घटनाको अनुसन्धान गर्न प्रहरीटोली अहिले घटनास्थलमा गएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार