Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ८२ जना काेराेना संक्रमित थपिंदा २१३ जना निको भए


    बुधबार, चैत्र २ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । देशभर थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ८२ जनामा संक्रमण पुष्टि भएको हो। 

    ६ हजार १७५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

    ४ हजार ७९० जनाको पिसिआर गर्दा  ४१ र १ हजार ३८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो। 

    योसँगै देशभर ४ हजार ५७४ जना सक्रिय संक्रमित छन्।

    २१३ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार