Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भगवन्त मानले लिए पन्जाबको मुख्यमन्त्रीको सपथ


    बुधबार, चैत्र २ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नयाँ दिल्ली । आम आदमीका पार्टी नेता भगवन्त मानले पद तथा गोपनियताको सपथ लिएका छन् । मानले बुधबार खटकर गाउँमा एक समारोहबीच सपथ लिएका हुन् । उनले सपथ लिएको गाउँ स्वतन्त्र सेनानी भगत सिंहको पुख्यौली गाउँ हो । 

    विशाल सपथ समारोहमा गभर्नर बनवारिलाल पुरोहित, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल र सो राज्यका मानिसहरुको उपस्थित थियो । सपथ लिएपछि नवनियुक्त मुख्यमन्त्री मानले सहभागी सबैलाई धन्यबाद दिएका थिए । 

    समारोहमा सहभागी हुनेमध्ये अधिकांश पुरुष पहेँलो फेता र महिला पहेँलो सलमा सजिएका थिए । ११७ सिट रहेको पन्जाब बिधान सभामा आम आदमीले ९२ सिट ल्याएको थियो । सन् २०१७ को बिधान सभामा ७७ सिट ल्याएको कंग्रेस १८ सिटमा खुम्चिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार