Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजश्व छल्ने सौगात इन्टरनेशनका प्रोप्राइटरसहित तीन जनाविरूद्ध मुद्दा दायर, १६ करोड बढी बिगो दाबी


    बुधबार, चैत्र २ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा इन्टरनेशनलका प्रोप्राइटरसहित तीनविरूद्ध मुद्दा दायर गरेको छ ।

    विभागले बुधबार कर छलेको आरोपमा कम्पनिका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरूद्ध उच्च अदालत पाटनमा सोह्र  करोड बढी बिगो माग्दै मुद्दा दायर गरेको हाे।

    स्राेतका अनुसार उनीहरूमाथि बिगो र बराबरको जरिवाना गरी १६ करोड ४३ लाख ४५ हजार २८२ मागदाबी लिएर मुद्दा दायर गरिएको हाे ।

    सौगात इन्टरनेशनलले जालसाजीपूर्वक  आठ करोड २१ लाख ७२ हजार ४४१ रुपैयाँ बराबरको राजश्व छलेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिएका छन् ।

    नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर बिजक लिएर वित्ती विवरण, आय विवरण तयारी गरी मूल्य अभिवृद्धि कर र आयकर छलेको अनुसन्धानमा खुलेको छ।

    अनुसन्धानमा मूअकर २ करोड ५२ लाख १४ हजार ३९५ र आयकर ५ करोड ६९ लाख ५८ हजार २४६ रुपैयाँ छलेको भेटिएको विभागले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार