काठमाडौँ । स्थानीय तहको चुनावको मिति नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रले राजनीतिक वैचारिक प्रशिक्षणलाई तीव्रता दिएको छ ।
साेहि अनुरूरूप उपत्यका विशेष र सम्पर्क समन्वय समितिका लागि बुधबार माओवादीले काठमाडौँ कमलादीकाे प्रज्ञा प्रतिष्ठानमा प्रशिक्षण कार्यक्रम तय गरिएको छ ।
पार्टी अध्यक्ष प्रचण्डले कार्यकर्तालाई वैचारिक राजनीतिक प्रशिक्षण दिने उक्त कार्यक्रममा नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देवेन्द्र पौडेललगायतका नेताहरू सहभागी छन् ।




