Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेलाई विश्वप्रकाशको व्यङ्ग्य- विभाजित कम्युनिष्ट पार्टी हरियो देख्दा पनि तर्सिन्छ


    बुधबार, फाल्गुन २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी गाउँमा भोट माग्न मात्र नजाने बताएका छन् । २९ फागुनबाट एक महिने अभियानसहित गाउँगाउँ जान लागेको कांग्रेस भोट माग्न मात्र नभएर निर्वाचनमा सहभागी हुन सबैलाई अपिल गर्न जान लागेको उनले बताए । 

    पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेस भोट माग्न मात्र जाँदैन, सबैलाई निर्वाचनमा सहभागी हुन अपिल गर्न जान्छ । पार्टीपंक्तिलाई निर्वाचन आचारसंहिता पालना गर्न उत्प्रेरित गर्न जान्छ । जनताको कुराको सुन्न जान्छ ।’ 

    काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमा एमाले अध्यक्ष केपी ओलीले मतपत्रमा चुनाव चिह्नको रङ हरियो राख्न थालेकोमा कांग्रेसप्रति कटाक्ष गरेका थिए ।यस विषयमा पत्रकारले राखेको जिज्ञासामा महामन्त्री शर्माले भने, ‘अहिले एउटा उखान चलेको छ । विभाजित कम्युनिष्ट पार्टी हेरियो देख्दा तर्सिन्छ रे ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार