Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री झाँक्रीकाे प्रश्न- विश्वका आधा दुनिँयामा एमसीसी लागू हुँदा हाम्रो देशमा मात्रै किन आपत्ति?


    मंगलबार, फाल्गुन २४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग परियोजना एमसीसी स्वीकार गर्दैमा अमेरिकाको प्राधिकार नेपालमा लागू नहुने बताएकी छिन् ।

    एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले एमसीसी स्वीकार गर्दैमा अमेरिकाको प्राधिकार नेपालमा लागू नहुने बताएकी हुन् ।

    मन्त्री झाँक्रीले अरु धेरै देशले सो सम्झौता स्वीकार गरेको भन्दै ती देशहरुले कुरा नबुझेको हो त ? भनी प्रश्न समेत गरेकी छन् ।

    विश्वका आधा दुनिँयामा एमसीसी लागू हुँदा पनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाइन् ।

    ‘एमसीसी सरकारले स्वीकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा डिबेट गरेर पास गरियो । अब हामीले गफ गरेजस्तै एमसीसी स्वीकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ?’ मन्त्री झाँक्रीले भनिन्, ‘त्यो हो भने त हामी भन्दा अर्को आधा दुनियाँ त हुन्छ भन्ने छ नि त । उनीहरुले के कुरा नबुझेको हो ? हामी मात्रै सोभरेन्टीको लागि यति साह्रै चिन्तित भएको हो त ? त्यसो त नहोला ।’

    मन्त्री झाँक्रीले एमसीसी संसदमा छलफ भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार