Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • सीपी मैनालीसहितका ११ दलले एमसीसीविरुद्ध आन्दोलन गर्ने, सोमबार बिरोध सभा


    बिहिबार, फाल्गुन १९ २०७८
    3.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा साना दलहरुले आन्दोलनको घोषणा गरेका छन् । 
    गत आइतबारको प्रतिनिधि सभा बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि यसको बिरोध भइरहेको छ । 
    यसबैबीच एमसीसीको विरोधमा ११ दलीय गठबन्धनले संयुक्त जनआन्दोलनको घोषणा गरेका छन् । नेकपा मालेसहितका ११ दलले सोमबार दिउँसो १ बजे विरोधसभाको आयोजना गरेका छन् । 

    सीपी मैनाली महासचिव रहेको नेकपा (माले) लगायत ११ दलले एमसीसी सम्झौता विरुद्ध २३ गते जनआन्दोलन थाल्न लागेको जनाएका छन् । सो दिन मध्यान्ह साढे १२ बजे रत्नपार्कमा भेला भएर जुलुससहित इन्द्रचोक जाने कार्यक्रम रहेको ११ दलले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।   

    एमसीसी धेरै पक्षबाट राष्ट्रघाती देखिएकाले त्यसको बिरोध गर्दै संसदबाट अस्वीकृत गराउन आन्दोलनको आवश्यकता भएको ती दलहरुको ठहर छ । 

    आन्दोलनको घोषणा गर्नेहरुमा सीपी मैनाली नेतृत्वको नेकपा माले, सुवासराज वाग्ले अध्यक्ष रहेको जनसमाजवादी पार्टी, तरानाथ लुइटेल अध्यक्ष रहेको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा लगायत रहेका छन् ।

    1.jpg
    undefined

     

    न्युज कारखाना

    2.jpg
    undefined
    3.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार