Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विगतका त्रुटि दोहोर्‍याउदिनँ: कमल थापा


    बिहिबार, फाल्गुन १९ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमीकमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।  

    बिहीबार राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकाले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताए ।

    सो अवसरमा राप्रपा नेपालले कमल बम रजवारको अध्यक्षतामा ७६ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल गठनको घोषणा गरिएको छ ।

    कमिटीको उपाध्यक्षमा चेतराज सिंह, राजु गैरे, लक्ष्मण पौडेल , दिपक जोशी रहेका छन् भने महासचिवमा सचिन अधिकारी र दिपेश शाह रहेका छन् भने सह-महासचिव तेज कार्की र समीर थापा, सचिव सरोज तिमल्सिना,अस्मिता बम, कमल सुनार, शिवराम घिमिरे, आर्यन पाण्डे र प्रवक्तामा त्रिविक्रम सिंह छन् भने सह-सचिवमा विशाल राउत, सम्पदा अधिकारी  र सन्दीप खड्का रहेका छन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार