काठमाडौं । महानगरीय अपराध महाशाखाले मोबाइल पसल फोडेर चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गण्डकी नगरपालिका-५ गोरखाका शुरेर गिरी र नेपालगञ्ज-५ बाँकेका गणेश क्षत्री रहेका छन् ।
गत माघ १० विशालनगरस्थित सुरज इलेक्ट्रिनिक्स मोबाइल पसल फोडेर ३७ थान नयाँ मोबाइल, मर्मतका लागि राखिएको १५ थान मोबाइल, एक थान गितार र २५ थान घडी चोरी गरेको आरोपमा सोमबार पक्राउ गरिएको प्रहरी स्राेतले बताएकाे छ ।
प्रहरीले उनीहरूको साथबाट ८ थान नयाँ मोबाइल, ५ थान पुराना मोबाइल, ६ थान घडी, एक थान गितार र एक थान पावर बैंक बरामद गरेको छ ।
उनीहरूलाई महानगरीय अपराध महाशाखाले बुधबार थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा पठाएको प्रवक्ता आचार्यले बताए ।