Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्रीले गरे पशुपतिनाथमा पूजा


    मंगलबार, फाल्गुन १७ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाणले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन्।

    पूजा आराधना एवं दर्शनका लागि गृहमन्त्री खाण बिहान पशुपतिनाथ गएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

    पूजा आराधनापछि उनले पशुपति क्षेत्रको सुरक्षा अवस्थाका बारेमा पनि जानकारी लिएका थिए। महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।
     
    बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरमा भक्तजन आएका थिए।

    तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो। आज रातिसम्म दर्शन गर्न चाहने भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिने कोषले जनाएको छ। 

    महाशिवरात्रिका अवसरमा साढे १२ बजेसम्म करिब साढे तीन लाख भक्तजनले दर्शन गरिसकेका छन्।

    आज करिब १० लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गर्ने गरी व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार