काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैनिक पार्टी एकताका लागि वार्ता र छलफलमा जुटिरहेका छन् । तर जिल्ला जिल्लामा भने दुवै अध्यक्षका समर्थकहरु एका आपसमा झडपमा उत्रिन थालेका छन् । सोमबार कैलालीमा ओली र प्रचण्डपक्षीय कार्यकर्ताबीच झडप भएको छ ।
ओली समर्थकहरुले राजीनामा माग्ने प्रचण्ड लगतयतका शीर्षनेताहरुलाई गालीगलौज गर्दै नाराबाजी गरेपछि प्रचण्डपक्षीय कार्यकर्ताहरुले बिरोध गरेका थिए । त्यसक्रममा हातपात नै भएको थियो । प्रहरी हस्तक्षेपका कारण अप्रिय स्थिति आउन सकेन । केही दिनदेखि प्रधानमन्त्री ओलीको समर्थनमा विभिन्न जिल्लामा जुलुस र प्रदर्शन भइरहेका छन ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएपछि स्थायी समिति बैठक नै बस्नसकेको छैन । जारी स्थायी समिति बैठक स्थगित हुँदै पुनः बुधबारसम्मका लागि सारिएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरु ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा छन् । तर ओली दुवै पदबाट राजीनामा दिन तयार छैनन् । एउटा पद समेत त्याग गर्न ओली तयार नभएपछि पार्टी नै फुटको दिाशातिर उन्मुख भइरहेको बेला जिल्ला जिल्लामा कार्यकर्ताबीच झडप हुन थालेका छन् ।
कैलालीमा दुई पक्षबीच झडप भएपछि सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तारा लामा तामाङले दुवै पक्षका कार्यकर्तालाई पार्टी एकता बिरुद्ध अभिब्यक्ति नदिन आग्रह गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend