काठमाडौं । नेपाली कांग्रेसका युवानेता तथा सांसद गगनकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवादमा नेपाली कांग्रेसलाई देखाएर एक अर्कालाई तर्साउन बन्द गर्न आग्रह गरेका छन् ।
सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन्–‘जनताले पाँच बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भूमिकामा रहने म्याण्डेट दिएका हुन् । यसमा हामी स्पष्ट छौं’,‘कांग्रेससँगको सामिप्यता देखाएर नेकपाभित्रको गुटको विवादमा एक–अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अवमूल्यन हो । प्रवृत्ति फेर, धन्दा छोड ।’
नेकपाको विवाद उत्कर्षमा पुगेको र पार्टी नै फृटको दिशातिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग सत्ता साझेदारी गर्न लागेको हल्ला चलेपछि गगन थापाले यस्तो लेखेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाका दुवै पक्षले आफूसँग सहयोग मागेको खुलासा गरेका छन् ।
यसबारेमा नेपाली कांग्रेसके केन्द्रीय कार्य समितिको बैठकमा पार्टी नेता रामचन्द्र पौडेलले पार्टी सभापतिसँग जवाफ पनि माग गरेका थिए । त्यसक्रममा सभापति देउवाले प्रधानमन्त्रीसँग भेटघाट भएको र त्यहाँ संवैधानिक परिषदका विषयमा मात्र कुराकानी भएको जानकारी गराएका थिए ।
हिजो (आइतबार) विहान नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सन्देश कांग्रेस सभापति देउवासम्म पुर्याएको विषयले पनि चर्चा पाएको थियो ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend