Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपाभित्रको गुटको विवादमा कांग्रेसलाई देखाएर एकअर्कालाई तर्साउन बन्द गर


    सोमबार, असार २२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका युवानेता तथा सांसद गगनकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवादमा नेपाली कांग्रेसलाई देखाएर एक अर्कालाई तर्साउन बन्द गर्न आग्रह गरेका छन् ।

    सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन्–‘जनताले पाँच बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भूमिकामा रहने म्याण्डेट दिएका हुन् । यसमा हामी स्पष्ट छौं’,‘कांग्रेससँगको सामिप्यता देखाएर नेकपाभित्रको गुटको विवादमा एक–अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अवमूल्यन हो । प्रवृत्ति फेर, धन्दा छोड ।’

    नेकपाको विवाद उत्कर्षमा पुगेको र पार्टी नै फृटको दिशातिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग सत्ता साझेदारी गर्न लागेको हल्ला चलेपछि गगन थापाले यस्तो लेखेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाका दुवै पक्षले आफूसँग सहयोग मागेको खुलासा गरेका छन् ।

    यसबारेमा नेपाली कांग्रेसके केन्द्रीय कार्य समितिको बैठकमा पार्टी नेता रामचन्द्र पौडेलले पार्टी सभापतिसँग जवाफ पनि माग गरेका थिए । त्यसक्रममा सभापति देउवाले प्रधानमन्त्रीसँग भेटघाट भएको र त्यहाँ संवैधानिक परिषदका विषयमा मात्र कुराकानी भएको जानकारी गराएका थिए ।

    हिजो (आइतबार) विहान नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सन्देश कांग्रेस सभापति देउवासम्म पुर्‍याएको विषयले पनि चर्चा पाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार