Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपाको विवाद सुल्झाउन चिनियाँ राजदूत सक्रिय


    सोमबार, असार २२ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समयमा सत्तारुढ दल नेकपाभित्र बढेको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी छिन् । उनले विवाद मिलाउन नेकपाका नेताहरुसँग भेटघाट सुरु गरेकी छिन् ।आइतबार साँझ माधव कुमार नेपालसँग भेटेर उनले सहमतिका लागि आग्रह गरेको स्रोत बताउँछ । अन्य नेताहरुलाई पनि उनले भेटेकी छिन् ।
    यसअघि भएको विवाद पनि चिनियाँ राजदूतको सक्रियतामा मिलेको थियो । यसपटक पनि चिनियाा राजदूत सक्रिय भएकी छिन् ।
    नेकपाका अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट राजिनामा दिन दबाब दिएका छन् । तर, उनले कुनै पनि हालतमा दुवै पद नछाड्ने अडान लिएपछि पार्टी नै फुटको संघारमा पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार