Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड–ओली छलफलमा, निकटस्थ नेता पनि उपस्थित


    आइतबार, असार २१ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ। पछिल्लाे समय नेकपा भित्रकाे विवाद चर्किँदै गएकाले याे छलफललाई महत्वका साथ हेरिएकाे छ । 

    छलफलमा प्रम ओली निकटका नेता विष्णु पौडेल र शंकर पोखरेल उपस्थित छन् भने प्रचण्डनिकटका वर्षमान पुन र जनार्दन शर्मा पनि सामेल भएकाे थाहा भएकाे छ । 

    प्रम ओली र प्रचण्डबीच शनिबारकाे स्थायी कमिटी बैठक स्थगित गर्ने सहमती भएकाे थियाे । विवाद समाधानका लागि समय चाहिएकाे बताएपनि शनिबार साँझ मन्त्री तथा राज्य मन्त्रीहरुसँगकाे छलफलमा आफू र राष्ट्रपति विरुद्ध पार्टीका नेताहरु लागेकाले कडा कदम चाल्न लागेकाे संकेत गरेका थिए । उनले राष्ट्रपति विरुद्ध महाभियाेग प्रस्ताव ल्याउन लागेकाले संसद् अधिवेशन अन्त्य गरेकाे मन्त्रीहरुलाई बताएका थिए । 

    यस्तैगरी आजै  प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले राष्ट्रपतिसँग भेट गरेका छन् । करिब १ घण्टाकाे साे भेटमा ती नेताहरुले प्रधानमन्त्री ओलीका गलत कदममा साथ नदिन राष्ट्रपतिलाई आग्रह गर्दै नैतिक दबाब दिएकाे स्राेतकाे दावी छ । यस्तै महाभियाेगकाे आराेप पनि निराधार भएको भन्दै राष्ट्रपतिलाई आश्वस्त पारेकाे बताइएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार