काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्।
शनिबार प्रधानमन्त्रीले क्याबिनेटका मन्त्रीहरुसँगकाे भेटमा राष्ट्रपतिलाई महाभियाेग लगाउन लागेकाले संसद् अधिवेशन अन्त्य गर्नुपरेकाे बताएका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटपछि याे बारेमा बताएका थिए ।
साेही विषयमा कुरा गर्नका लागि शीर्ष नेताहरु शितल निवास गएकाे नेकपा निकट स्राेतले बताएकाे छ । भेटमा अहिलेकाे अवस्थामा राष्ट्रपति तटस्थ बस्नका लागि नैतिक दबाब दिने तयारी रहेकाे स्राेतकाे दाबी छ । तीन नेता आइतबार बिहान ११ बजे शितल निवास पुगेका हुन् ।
पछिल्लाे समय नेकपाभित्रको विवादकाे घेरामा राष्ट्रपति पनि परेकी छिन् । संसद् अधिवेशन अन्त्य गर्ने निर्णयलाई तत्कालै कार्यन्वयन गरेपछि यसअघि प्रचण्ड पनि राष्ट्रपतिसँग भेट गर्न गएका थिए । भेटमा प्रचण्डले राष्ट्रपति तटस्थ बस्नु पर्ने विचार राखेका थिए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend