काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरी बालुवाटार फर्किएका छन् । शनिबार साँझ उनी राष्ट्रपति भण्डारीलाई ब्रिफिङ गर्न शीतलनिवास गएका थिए । उनी शितलनिवास जानुअघि मन्त्री र राज्यमन्त्रीहरुलाई बालुवाटारमा बोलाइएको थियो । राष्ट्रपतिलाई भेटेर फर्किएपछि उनी मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई पार्टीभित्रको विवाद र आगामी रणनीतिका बिषयमा छलफल गर्न बोलाएको बताइएको छ । मन्त्रिपरिषद बैठक नभएर मन्त्री र राज्यमन्त्रीहरुसँग छलफलका लागि बोलाइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । मन्त्री र राज्यमन्त्रीहरु झण्डा हल्लाएरै सरकार ढाल्ने खेलमा लागेको बिषयमा भने प्रधानमन्त्री गम्भीर भएको स्रोतले बताएको छ । स्रोतका अनुसार त्यो बिषयमा छलफल गर्नका लागि पनि ओलीले मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएका हुन् ।
प्रधानमन्त्री ओली शितलनिवास जानु र बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाइएको बिषयमा बाहिर भने अनेक अनुमान गर्न थालिएको छ । राष्ट्रपति भण्डारीसँग पार्टी फुटाउनका लागि अध्यादेश जारी गर्न गएको अड्कलबाजी पनि कतिपयले गरेका छन् ।
नेकपा नेताहरुका अनुसार शनिबार अपरान्ह ४ बजे बालुवाटारमा ओली र प्रचण्डवीच छलफल गर्ने कार्यसूची तय भएको थियो । दुई अध्यक्षको भेटपछि खुमलटारमा प्रचण्ड(माधव पक्षीय सचिवालय सदस्यहरुको छलफल तय भएको थियो ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend