काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद झन् पेचिलो बन्दै गएको छ । शुक्रबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच संवाद भएपछि मिल्ने अपेक्षा गरिएको थियो । तर झन् झन् अविश्वास बढ्दै गएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाएका छन् । पार्टीभित्रको पछिल्लो विवादबारे छलफल गर्न उनले मन्त्रीहरुलाई बोलाएका छन् ।
मन्त्रीहरुलाई बोलाएर प्रधानमन्त्री ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न उनी शीतलनिवास गएका हुन् । मन्त्रिहरुलाई बोलाएकाले ओलीले कुनै महत्वपूर्ण निर्णय गर्न लागेको आँकलन गरिएको छ ।
शुक्रबार ओली र प्रचण्डबीच लामो छलफल भएपनि सहमति हुन नसकेपछि टकराव बढेको छ । शनिबारको स्थायी कमिटी बैठकसमेत स्थगित गरिएको छ । प्रधानमन्त्री ओलीले समय मागेपछि स्थायी समिति बैठक स्थगित गरिएको थियो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend