काठमाडौं । हिन्दुवादी नेता कमल थापाले दर्ता गर्न लागेको पार्टीको नाम ‘राष्ट्रिय एकता पार्टी’ रहने चर्चाबीच उक्त पार्टीको चुनाव चिह्नबारे पनि छलफल हुन थालेको छ ।
चुनाव चिह्नको रूपमा हात्ती, तीन आँखा, कमलको फूल चर्चामा छन् । एक नेताका अनुसार हात्ती र तीन आँखामध्ये एउटा चुनाव चिह्न राखिने सम्भावना बढी छ । महादेवको त्रिनेत्र हुने अर्थमा तीन आँखा र गणेशसँग धार्मिक अर्थ जोडिएकाले हात्ती चिह्न छलफलमा आएको ती नेताले बताए ।
हिन्दुवादलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अघि सार्ने तयारीमा रहेका थापाले उक्त दर्शनलाई कुनै न कुनै प्रकारले प्रतिनिधित्व गर्ने चुनाव चिह्न चाहेका छन् ।
यसअघि राप्रपामा हुँदा थापा चुनाव चिह्न ‘गाई’को पक्षपाती थिए । पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त) सँग राप्रपाको एकीकरण हुँदा ‘हलो’ चुनाव चिह्न हुँदा थापा दुःखी भएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend