Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलाे बैठक आज बस्दै


    बिहिबार, माघ २७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं। सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलाे बैठक आज बिहीबार बस्दैछ ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसाे २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । सरकारले ३० वैशाखमा स्थानीय तहकाे निर्वाचनकाे घाेषणा गरेसँगै बुधबार कांग्रेस पदाधिकारी बैठक बसेकाे थियाे । 

    स्थानीय तह निर्वाचनबारे रणनीति तय गर्न आज कार्यसम्पादन समितिकाे बैठक डाकिएकाे हाे । यसबाहेक बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाको विषयमा छलफल हुनेछ ।

    कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहान्त्रीसहितका पदाधिकारी रहन्छन् । याे समितिमा ३७ सदस्य छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार