Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • बागमतीको आर्थिक मामिला मन्त्रालयमा मनपरी सरुवाः कैलाश ढुंगेलकै पथमा शालिकराम जम्कट्टेल


    बुधबार, माघ २६ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आर्थिक मामलामै बढी केन्द्रित भएर नेकपा माओवादीनिकट ट्रेड युनियन ध्वस्त पारेका बागमती प्रदेशका आर्थिक मामिला मन्त्री शालिग्राम जम्कट्टेलले कर्मचारी सरुवा समेत मोलमोलाईका आधारमा गरेका छन् ।

    बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालयले कर्मचारी सरुवा गर्दा विगतमा आकर्षक ठाउँमा बसेकाहरुलाई नै प्राथमिकता दिएपछि मन्त्री जम्कट्टेल आलोचित भएका छन् । डोरमणि पौडेल नेतृत्वको सरकारका आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलको कार्यकालमा आकर्षक ठाउँ पाएकाहरु नै मन्त्री जम्कट्टेलका निकट बनेका छन् । तिनैलाई सरुवामा आकर्षक ठाउँमा गर्ने तयारीमा मन्त्री जम्कट्टेल लागेका छन् । ढुंगेलको कार्यकालमा अन्यायमा परेकालाई न्याय दिने अपेक्षा गरिएको थियो । तर मन्त्री जम्कट्टेलले तिनै हिजो तर मारेकाहरुसँग लाभ लिएर सरुवा निकाल्ने तयारी गरेका छन् ।

    माओवादी शान्ति प्रक्रियामा आएपछि ट्रेड युनियनको अध्यक्ष भएर आर्थिक लाभमा मात्र केन्द्रित भएका जम्कट्टेलकै कारण आम मजदुर विनाका नेतामात्र बाँकी रहेका छन् । मन्त्री भएपछि पनि उनले पार्टीको नीति भन्दा बाहिर गएर आर्थिक लाभलाई नै बढी केन्द्रमा राखी हिजो कैलाश ढुंगेलको कार्यकालमा अवसर पाएका र अकूत कमाएकाहरुकै प्रभावमा परेका छन् । र, बागमती प्रदेश आर्थिक मामिला मन्त्रालयले ऐन नियम र मापदण्डको धज्जी उडाउँदै आर्थिक चलखेलका आधारमा सरुवाको तयारी गरेको छ । विगतमा कैलाश ढुंगेलको कार्यकालमा महत्वपूर्ण ठाउँमा बसेकाहरु नै मन्त्रीको सूचीमा परेको गुनासो छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार