काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकबाट संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि राजनीतिमा तरंग पैदा भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा यसले खैलाबैला मच्चाएको छ । प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने आश)का नेकपाका नेताहरुले गर्नथालेका छन् ।
अधिवेशन अन्त्यको निर्णय सरकारले गर्नासाथ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । अध्यादेश जारी गर्ने आशंका प्रकट हुन थालेपछि प्रचण्ड राष्ट्रपति भेट्न गएको अर्थ लगाइएको छ ।
प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै उनी शीतल निवास पुगेका हुन् । ओलीसँग प्रचण्डले स्थायी कमिटी बैठकमा नआउने तर संसद अधिवेशन अन्त्य गरेकोमा आक्रोस पोखेका थिए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend