काठमाडौं । सरकारले मिति घोषणा गरेपछि राजनीतिक दलहरू स्थानीय तह निर्वाचन केन्द्रित तयारीमा जुट्न थालेका छन् । प्रदेश र संघको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले पनि स्थानीय निर्वाचनमा पहिलो हुने गरिको रणनीति बनाउँदै दलहरू तयारीमा जुट्न लागेका हुन् ।
सत्ता नेतृत्व दल कांग्रेसले आगामी २७ माघमा बोलाएको कार्यसम्पादन समिति बैठकमा निर्वाचनको तयारीबारे छलफल गर्ने भएको छ । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार बैठकपछि कांग्रेस निर्वाचनको तयारीमा जुट्ने छ । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस दोस्रो दल भएको थियो ।
सत्तामै रहेको अर्को दल माओवादी केन्द्रले पनि २८ र २९ माघमा बोलाएको बैठकबाट केन्द्र्रीय सदस्यहरूलाई जिम्मेवारी दिएर निर्वाचन केन्द्रित तयारीमा खटाउने भएको छ ।
नेता गणेश साहले निर्वाचन तयारी बैठकको एजेन्डा रहेको बताए । ‘सरकारले मिति घोषणा गरेको सन्दर्भमा बस्न लागेको केन्द्रीय समिति बैठकमा हामीले छलफल गर्ने भनेकै स्थानीय तह निर्वाचनको तयारीबारे हो । केन्द्रीय सदस्यहरूलाई निर्वाचनमा जिम्मेवारी दिएर खटाउनेसम्म हुन्छ’, नेता साहले न्युज कारखानासँग भने ।
प्रमुख विपक्षी दल एमालेका उपाध्यक्ष सुवास नेम्बाङ त जिल्ला अधिवेशन र महाधिवेशनकै बेलादेखि अनौपचारिक ढंगले स्थानीय तह निर्वाचनको तयारी गरेको बताउँछन् । २०७४ मा जसरी पहिलो दल हुने गरी एमाले तयारीमा जुटेको बताए ।
एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी पनि निर्वाचनको तयारीमा जुट्दै छन् ।
राप्रपा भने महामन्त्री भुवन पाठकको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेर यसअघि नै निर्वाचनमा होमिएको छ ।
सरकारले सोमबार ३० वैशाख २०७९ का लागि स्थानीय निर्वाचनको मिति घोषणा गरेको हो । मिति घोषणा गर्न सरकारलाई निर्वाचन आयोग, विपक्षी दलहरू र कानुन व्यवसायीहरूले पनि दबाब दिएका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend