काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठक बोलाएर संसद अधिवेशन अकस्मात् अन्त्य गर्ने निर्णय गरेपछि राजनीतिक बृत्तमा अध्यादेश ल्याउने खेल सुरु भएको अड्कलबाजी गरिएको छ । संसदीय दल र पार्टीहरुसँग परामर्श नै नगरी सरकारले अधिवेशनको अन्त्य गरेको छ । अधिवेशनको अन्त्य गर्नासाथ राजनीतिक बृत्तमा पार्टी फुटाउन सहज हुनेगरी प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत् राजनीतिक दलसम्बन्धि ऐन संशोधन गर्न लागेको चर्चा सुरु भएको छ ।
संसदको चालू अधिबेशन आजैदेखि अन्त्य गर्न सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउन खोजेको आशंका पार्टीका नेताहरुले गरेका छन् । पार्टीभित्र अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागिएपछि ओली क्रुद्ध भएका छन् । आफूलाई घेराबन्दीमा पारिएकाले पनि उनी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शीर्षनेताहरुसँग क्रुद्ध छन् । उनी कुनै हालतमा सरकार पनि नछाड्ने र अध्यक्ष पनि नछाड्ने मनस्थितिमा छन् । यद्यपि पार्टीका उनी निकट नेताहरु शंकर पोखरेल, बिष्णु पौडेल, सुवास नेम्वाङहरु पार्टीभित्र एकता कायम गरेर जानुपर्ने पक्षमा देखिएका छन् । तर प्रधानमन्त्री ओली भने आफूलाई राजीनामा दिन बाध्य बनाए पार्टी फुटाउने तयारीमा रहेको बताइन्छ ।
यसअघि पनि ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका थिए । तर पार्टीभित्रै चर्काे आलोचना भएपछि फिर्ता भएको थियो । संसद अधिबेशन आकस्मिक रुपमा अन्त्य गर्नुले त्यसको संकेत मिलेको छ । ओलीका निकट कार्यकर्ताहरुले असार १२ मै निर्वाचन आयोगमा एमाले दर्ताका लागि निवेदन दिइसकेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend