अर्घाखाँची।नेकपा एमालेका केन्द्रीय सचिव टोप बहादुर रायमाझीले विचारको आधारमा नभई विषयको आधारमा कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन् ।
नेकपा एमाले निकट पत्रकारहरूको जिल्ला अधिवेशनलाई अर्घाखाँचीमा सम्बोधन गर्दै रायमाझीले सङ्क्रमणकालीन स्थितिमा समेत पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै विचार होइन विषयलाई आधार बनाएर समाचार लेख्न सुझाएका हुन् ।
आफूहरूले मेहनतका साथ सुरु गरेका योजना निरन्तर अगाडि बढेको भन्दै रायमाझीले राम्रो कामलाई राम्रो र नराम्रो कामलाई गलत भन्न सक्नेगरी लेखनसीपको विकास गर्नुपर्ने बताएका छन् ।
फरक प्रसंगमा रायमाझीले अर्घाखाँचीले छोटो समयमा उल्लेख्य विकास प्राप्त गर्न सफल भएको समेत दाबी गरेका थिए । जिल्लालाई नमुना जिल्ला बनाउनका लागि सबैको सहयोग आवश्यक भएकोमा रायमाझीको जोड रहेको थियो ।
नेता रायमाझीले सत्तापक्षले प्रतिपक्षीलाई आरोप लगाएर उम्किने सत्ता पक्ष नेपालमा मात्र भएको भन्दै एमालेसँग सबै पार्टीहरू झस्किएको बताए । एमालेको लोकप्रियता बढेकै कारण सबैले एमालेको डर मानेको रायमाझीको दाबी थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend