Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रमुख प्रतिपक्ष भन्छ- चुनावको मिति तोक्नु स्वागतयोग्य


    सोमबार, माघ २४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सरकारले स्थानीय चुनावको मिति नतोकेको भन्दै आन्दोलनको तयारीमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य भएको टिप्पणी गरेको छ । 

    आफूहरू निर्वाचनकै पक्षमा भएकाे भन्दै एमालेले मिति घोषणा गर्नु स्वागतयोग्य भएको टिप्पणी गरेको हाे ।

    ‘सरकारले गरेको निर्णयलाई निर्वाचन आयोगले ‘पिकअप’ गर्ला, हामी निर्वाचनकै पक्षमा भएकाले हामीलाई कुनै आपत्ति हुने कुरा भएन, यसलाई स्वागतयोग्य नै मान्नुपर्छ’एमाले उपपमहासचिव विष्णु रिमालको भनाइ छ ।

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय चुनाव गर्नेगरी मिति घोषणा गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार