Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसिसीलाई पत्र लेखेकोमा देउवा र प्रचण्डले जनातासँग माफी माग्नु पर्छ : कमल थापा


    आइतबार, माघ २३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसी पदाधिकारीलाई पत्र लेख्नु कुटनीतिक मर्यादा विपरित रहेको टिप्पणी गरेका छन् । 

    थापाले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा एमसिसीका पदाधिकारीलाई २९सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादा विपरित छ ।

    पत्र कानुन, संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको उनको भनाइ छ । उक्त पत्र अहिलेसम्म गोप्य राख्नु आपत्तिजनक रहेको भन्दै उनले भनेका छन्, ‘उहाँहरूले जनता समक्ष माफी माग्नु पर्छ ।’ न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार