काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रधानमन्त्री ओलीबिरुद्धको मोर्चाबन्दीमा उनको मन्त्रिपरिषदका सदस्यहरु पनि सहभागी भएका छन् । बुधबार साँझ झम्सिखेलमा भएको स्थायी समिति सदस्यहरुको बैठकमा ओली सरकारका मन्त्रीहरु बर्षमान पुन, शक्तिबहादुर बस्नेत, रामबहादुर थापा बादल, घनश्याम भूसालहरु सहभागी थिए । यीमध्ये ऊर्जामन्त्री बर्षमान पुन र वनमन्त्री शक्तिबहादुर बस्नेत एमसीसी लगायतका मुद्दामा ओलीसँगै रहेका हुन् । तर यी दुवै मन्त्री अहिले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउनुपर्ने पक्षमा दृढतापूर्वक लागेका छन् । उनीहरुले ओलीलाई दुवै जिम्मेवारीबाट हटाउनेगरी अगाडि बढ्न नेतृत्वलाई खबरदारी गरेका छन् ।
सम्झौताहीन ढंगले अगाडि बढेर ओलीलाई दुबै जिम्मेवारीबाट हटाउन नसक्ने भए अगाडि नबढ्न पनि उनीहरुले नेतृत्वलाई झकझक्याएका छन् । बर्षमान पुनले त मिडिया पनि ओलीबिरुद्ध सदुपयोग गरिएको बताउँदै अहिलेको अवस्थामा सम्झौताहीन संघर्ष नगर्ने हो भने ओलीले बदलाको राजनीति गर्नेछन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग जस्ता निकाय प्रयोग गरी ललिता निवास काण्ड जस्तै एकएकलाई फसाउने भएकाले ओलीबिरुद्ध सम्झौताहीन संघर्ष गर्नपर्ने सुझाव अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिएका छन् । ओलीसँग सम्झौता गर्दा भोलिका दिनमा एक एक गरी बदला लिने भय पनि पुन र बस्नेतले शीर्षनेतालाई देखाएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार पूर्वमाओवादीमा सबैभन्दा बढी सम्पत्ति थुपार्नेमा बर्षमान पुनको नाम लिने गरिन्छ । बर्षमान पुनले विभिन्न ब्यक्तिका नाममा हिमरिभर हाइड्रोपावरदेखि थुप्रै ठाउँमा अरबका जग्गा खरिद गरेका छन् । जसको सूचना ओलीलाई भएकाले उनलाई सम्पत्ति शुद्धिकरण लगाउने भय छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend