विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले सात मन्त्रालय फुटाएर १३ मन्त्रालय बनाउँदै मन्त्रिपरिषद विस्तार गरेका छन् ।
सत्तारूढ गठबन्धनका दलहरूलाई समेटेर आज मन्त्रिपरिषद विस्तार गरेका हुन् । राई नेतृत्वको मन्त्रिपरिषदमा ईन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री छन् । उनी यसअघि देखि नै मन्त्री थिए।
हिमाल कार्की सडक पूर्वाधार तथा सहरी विकास मन्त्री भएका छन् भने केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री भएका छन्। उनीहरू पनि यसअघि नै मन्त्री भइसकेका थिए।
स्वास्थ्य मन्त्रीमा जयराम यादव, खानेपानी सिंचाइ तथा ऊर्जा मन्त्रीमा रामकुमार राई नियुक्त भएका छन्।
यस्तै राजन राई सामाजिक विकास मन्त्री, खिनुलङवा लिम्बु पर्यटन तथा संस्कृति मन्त्री भएकी छन्।
झलकबहादुर मगर कृषि मन्त्री भए भने शेखरचन्द्र थापा वन वातावरण तथा भू-संरक्षण मन्त्री भएका छन्।
यस्तै ओमप्रकाश सरावागी उद्योग, श्रम तथा रोजगार मन्त्री र प्रतापप्रकाश हाङगाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका हुन्।
मुख्यमन्त्री राईले उपेन्द्रप्रसाद घिमिरेलाई यातायात व्यवस्था तथा सञ्चार मन्त्री र विष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका छन्।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend