Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • ओलीबिरुद्ध मोर्चाबन्दीः यस्तो छ नेताहरुबीचको भागबण्डा


    बिहिबार, असार १८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र प्रधानमन्त्री तथा पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीका बिरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेताद्वय झलनाथ खनालसहितका शीर्षनेताहरुको मोर्चाबन्दी भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि ओली, प्रचण्ड र माधव नेपालको भागबण्डाका आधारमा मनोनीत गरिएको सचिवालय र स्थायी समितिमा एक पक्ष जता लाग्यो उतै बहुमत हुने अवस्था छ । पहिला प्रचण्ड ओलीतिरै थिए, माधव नेपाल जति मुुर्मुरिए पनि उनको केही जोड चलेन । अहिले प्रचण्ड र माधव नेपाल पक्ष एक ठाउँमा आएपछि ओली कमजोर भएका छन् । तर ओलीविनाको नेकपाको परिकल्पना गर्नेगरी प्रचण्ड–नेपाल–गौतम–खनाल गठजोड अगाडि बढेको छ ।

    ओलीलाई दुवै पदबाट हटाएर प्रचण्ड झन्डै दुईतिहाई बहुमतप्राप्त नेकपाको अध्यक्ष हुने दाउमा छन् । ओलीमात्र उनका लागि ठूलो चुनौती थिए, उनलाई पन्छाउने उपयुक्त अवसर अहिले प्रचण्डले पाएका छन् । जुन अवसर उनी फुत्किन दिने पक्षमा छैनन् । पार्टीमा बरियतामा तल राखिएको भन्दै माधव नेपालसँग आक्रोसित भएका झलनाथ खनाल पनि अहिले यो मोर्चामा आवद्ध हुन पुगेका छन् ।

    यो मोर्चाबन्दीमा खनालदेखि गौतमसम्म सबै अटाइनुको कारण पदमा भागबण्डा पनि रहेको स्रोत बताउँछ । स्रोतका अनुसार प्रचण्डको यो ग्रान्डडिजाइनमा प्रधानमन्त्रीमात्र होइन ओलीलाई अध्यक्षबाट पनि हटाउने छ । ओलीलाई हटाएपछि राष्ट्रपति विद्या भण्डारीको विकल्प खोज्ने योजना उनको छ । प्रधानमन्त्रीमा माधव नेपाल र नेकपाको दोस्रो बरियताको अध्यक्षमा वामदेव गौतमलाई बनाउने डिजाइन छ । राष्ट्रपतिको ललीपप झलनाथ खनाललाई देखाइएको छ ।

    नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिने छ । यसरी भागबण्डा भएकाले सबै शीर्षनेता अहिले एकढिक्का भएर ओलीबिरुद्धको मोर्चाबन्दीमा लागेका छन् । यो मोर्चाबन्दीको सबै लाभ भने प्रचण्डले लिनेछन् । यो डिजाइन सफल भएमा ७० प्रतिशत हाराहारीको एमालेसँग एकता गरेको २ बर्षमै प्रचण्ड नेकपाको उच्चासनमा पुग्नेछन् ।

    त्यसपछि १ नम्बर प्रदेश र बागमती प्रदेशको मुख्यमन्त्रीमा क्रमशः भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई प्रतिष्ठापित गराउने योजना प्रचण्ड–माधव नेपाल पक्षको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार