काठमाडौं।प्रेस चौतारी नेपालले २४औं स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार दिने घाेषणा गरेको छ । १२ र १३ पुसमा ०७८ मा लुम्बिनीमा सम्पन्न संगठनको केन्द्रीय समितिद्वारा पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार सिफारिस समितिको सिफारिसअनुसार उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।
प्रेस चौतारी नेपाल ०५५ सालमा स्थापना भएको हो । ७ मंसिर ०५५ मा वरिष्ठ पत्रकार विजय चालिसेको संयोजकत्वमा गठित संगठनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरी प्रमाणपत्र प्राप्त गरेको दिन २२ माघलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । पुरष्कार महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरष्कृत गर्ने कार्यक्रम छ ।
पुरस्कार पाउने व्यक्तिहरू यस प्रकार छन् ।
वि. सं. २०७७
हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार
राजेन्द्र अर्याल (पूर्व अध्यक्ष)
अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार
कृष्णविनोद लम्साल (सुनसरी)
वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता
पुरस्कार केपी गौतम (गोरखापत्र)
डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
सागर पण्डित (सम्पादक, राजधानी दैनिक)
प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार
अब्दुल्लाह मियाँ (काठमाडौं)
वि. सं. २०७८
हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार
गगन विष्ट (पूर्व अध्यक्ष)
अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार
झलक सुवेदी (लेखक तथा राजनीतिक विश्लेषक)
वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार
अनुप तिवारी (पर्सा)
डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
हिरा परियार (रुकुम पश्चिम)
प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार
शिवराज भट्ट (कैलाली)
चन्द्र न्यौपाने -शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार
शान्ति गुरुङ (कास्की)
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend