Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसी र निर्वाचनको चर्चाले राजदूत नियुक्ति ओझेलमा


    शनिबार, माघ २२ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमसीसी र निर्वाचनको चर्चाले २० देशका लागि रिक्त राजदूत नियुक्ति ओझेलमा  परेको छ ।अष्ट्रेलिया, ब्राजिल, बङ्गलादेश, बहराइन, चीन, डेनमार्क, इजिप्ट, इजरायल, जापान, मलेसिया, म्यानमार, ओमान, कतार, अष्ट्रिया, रुस, श्रीलङ्का, दक्षिण अफ्रिका, साउदी अरेबिया, दक्षिण कोरिया र स्पेन गरी २० देशको रिक्त रहेको राजदूत पदमा अझै पदपूर्ति हुन सकेको छैन ।

    हाल राष्ट्रिय राजनीतिमा स्थानीयतहको चुनाव तथा  अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने संवेदनशील विषयमा बहस चलिरहेको बेला देशको परराष्ट्र एवम् कुटनीतिसँग अन्तराष्ट्रियस्तरमा प्रत्यक्ष सम्बन्ध राख्ने राजदूत पद लामो समयदेखि खाली रहन गएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार