Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आफ्ना माग सम्बोधनबारे देउवालाई ठाकुरको प्रश्न


    बिहिबार, माघ २० २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्ना मागहरुबारे पुन: स्मरण गराएका छन् । 

    बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्दै ठाकुरले आफूहरुले यसअघि उठाएको माग बारे के भइरहेको छ भन्दै प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेका थिए । 

    देउवाले प्रधानमन्त्री हुँदा आफूहरुको माग सम्बोधन गर्छु भनेको स्मरण गराउँदै ठाकुरले त्यसबारे प्रश्न गरेको उनी निकट एक नेताले बताए । 

    लोसपाले संविधान संशोधन, रेशम चौधरी लगायतको रिहाइ र मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता, नागरिकता समस्या समाधान लगायको माग राख्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार