Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • किसानकाे माग सम्बोधन नभएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा राजमार्ग अवरूद्ध


    बिहिबार, माघ २० २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुर । किसान आन्दोलन भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले आज राजमार्गमा टायर बालेर प्रदर्शन गरेकाे छ ।

    किसानका माग सम्बोधन नभएको भन्दै आज बिहानैदेखि उनीहरूले मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेका हुन् ।

    प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ । 

    केही स्थानमा बाहेक लामो दूरीका सवारी साधन चल्न सकेका छैनन् । किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको उनीहरूले बताएका छन्।

    राजमार्ग क्षेत्रमा प्रहरी पनि परिचालन गरिएका छन्।

    विगत एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टी किसान आन्दोलन गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार