Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवाले प्रचण्ड र नेपालसँग मागे एमसीसीमा संशोधन गर्नुपर्ने बुँदा


    बुधबार, माघ १९ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतामा संशोधन गर्नुपर्ने विषय उपलब्ध गराउन सत्तारूढ दुई दलका अध्यक्षहरूलाई आग्रह गरेका छन् ।

    बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसिसी सम्झौतामा संशोधन गर्नुपर्ने विषय उलब्ध गराउन आग्रह गरेका हुन् । 

    छलफलका क्रममा प्रचण्ड र नेपालले यथास्थितिमा एमसिसी पारित गर्न नसकिने बताएपछि देउवाले संशोधन गर्नुपर्ने विषयबारे प्रश्न गरेका हुन् । 

    ‘एमसिसीमा कुन-कुन कुराहरू छन् सुधार गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो । सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ,’ सिन्धुपाल्चोकका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने  । 

     उनले देशका हितमा हुने कुरामा असहमति रहने कुरा नभएको  बाँकी कुराहरु संशोधन गर्नुपर्ने उनले बताए ।  एमसिसी हुबहु पास गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्ने गरेको आरोपसमेत अध्यक्ष नेपालले लगाए  ।

    ‘एमसिसी हुबहु पास गर्नुस् हामी साथ दिन्छौं भनेर केपीले भन्दा रहेछन्,’ उनले भने । 

    नेता नेपालले सबै देशसँग राम्रो सम्बन्ध राख्न चाहेको भन्दै कसैलाई देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार