Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अतिक्रमित सडकपेटी खाली गराउन मन्त्री झाँक्री सडकमा


    बुधबार, माघ १९ २०७८
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको धोबीखोला कोरिडोरको अतिक्रमित सडकपेटी खाली गराउन सहरी विकास मन्त्री रामकुमारी झाँक्री आफैँ सडकमा आएकी छिन् । 

    बुधबार अनामनगरबाट मन्त्री झाँक्रीको नेतृत्वमा अतिक्रमित सडकपेटी खाली गरिएको हो । मन्त्री झाँक्रीसँगै महानगरीय प्रहरी, कामनपा नगर प्रहरी, मन्त्रालयका कर्मचारी लगायत सम्बन्धित कार्यालयका कर्मचारीहरुको टोलीले सडकपेटी अतिक्रमण भएको क्षेत्र खाली गराएको हो । 

    सडकपेटीमा थुपारिएको निर्माण सामग्री नियन्त्रणमा लिई गुह्येश्वरीमा रहेको खाली जग्गामा लगेर राखिने र सम्बन्धित व्यक्ति लिन आएपछि एक पटकलाई फिर्ता दिने मन्त्रालयका अधिकारीले बताएका छन् । 

    सडकपेटी खाली गराउन १५ दिन अघि मौखिक सूचना दिए पनि अटेर गरेपछि  फिल्डमा आएर खाली गराउन परेको मन्त्रालयले बताएको छ । 

    धोबिखोला कोरिडोरअन्तर्गत चुनिखेलसम्मकै दायाँबायाँको सडकपेटी छिट्टै अतिक्रमणमुक्त हुने मन्त्री झाक्रीले बताइन् । अब यो अभियान सबै अतिक्रमित सडकपेटीहरुमा पनि सञ्चालन गर्ने मन्त्रालयको योजना छ ।

    ramkumari-13-.jpgramkumari-17-.jpgramkumari-11-.jpgramkumari-16-.jpgramkumari-12-.jpgramkumari-6-.jpgramkumari-8-.jpgramkumari-9-.jpgramkumari-10-.jpgramkumari-1-.jpgramkumari-2-.jpgramkumari-5-.jpgramkumari-2-.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार