Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवालाई भीम रावलको प्रश्न- तपाई नेपालीको प्रधानमन्त्री कि विदेशीको ?


    सोमबार, माघ १७ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री कि विदेशीको भनी प्रश्न गरेका छन्।  यस प्रश्नको जवाफ प्रधानमन्त्री देउवाले जनतालाई दिनुपर्ने रावलको भनाइ छ । 

    नेता रावलले एमसीसी पारित गर्न देउवाले दबाब दिएर गठबन्धन सरकार नै भंग गरिदिने धम्की दिएको उल्लेख गर्दै गम्भीर प्रश्न उठाएका छन् । यसअघि प्रधानमन्त्री देउवाले एमसीसी पास नभए गठबन्धननै भत्काइदिने धम्की दिएको समाचारहरु बाहिर आएका थिए। 

    रावलले एमसीसी चाहिन्न भनेर नेपाली जनमत रहेको दाबी गर्दै देउवाले त्यसलाई बेवास्ता गरेर विदेशी दबाब सामु घुँडा टेकेको आरोप समेत लगाएका छन् ।  ‘एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दबाबलाई बेवास्ता गर्ने तर विदेशी दबाब सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रधानमन्त्री कि विदेशीको ?’ रावलको प्रश्न छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार