Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसी पारित नगरे देश कंगाल बन्ने बाबुरामको भविष्यवाणी


    सोमबार, माघ १७ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता संसदबाट सर्वसम्मतिले पारित गर्न अपिल गरेका छन् ।

    आइतबार राति सामाजिक सञ्जालमा एक स्टाटस लेख्दैँ भट्टराईले सबै एकमुख भएर जनतालाई एमसीसीबारे बुझाउन समेत आग्रह गरेका हुन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एमसीसीका नाममा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन हुनुपर्ने बताए। 

    ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं। सबै एकमुख भएर जनतालाई बुझाऔं,’ भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस्।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार