Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपा अध्यक्ष लिङ्देनद्वारा उपाध्यक्ष र महामन्त्रीसहित २४ पदाधिकारी मनोनयन


    आइतबार, माघ १६ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनित गरेका छन् ।

    उनले हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष मनोनित गरेका उनले राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्री बनाएका छन् ।

    त्यस्तै भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई प्रवक्तामा मनोनित गरेका उनले प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई सहायक प्रवक्ता मनोनित गरेका हुन् ।

    यस्तै मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङलाई सहमहामन्त्री मनोनित भएका छन् ।

    यस्तै सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राईलाई मनोनित गरिएको लिङ्देनले विज्ञप्तिमार्फत जनाएका छन् ।

    उनले विभिन्न विभागका प्रमुखसमेत तोकेका छन् ।

    RPP-manonit.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार