नेपालगन्ज । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन टार्न खोजेको आरोप लगाएका छन् । उनले आवधिक निर्वाचन गर्दा प्रतिगमन हुने सोच पालेर बसेको वर्तमान सत्ता गठबन्धनले मुलुकमा अस्थिरता मात्रै निम्त्याएको दाबी गर्दै निर्वाचन टारेर अघि बढ्न खोजेको ठोकुवा गरे ।
बाँकेको खजुरा गाउँपालिकाले तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत करिब एक करोड रुपियाँको लागतमा घरवास र जग्गाविहीन विपन्न परिवारका लागि निर्माण गरेको सामूहिक आवास शुक्रबार उद्घाटन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री पोखरेलले वर्तमान सत्ता गठबन्धनले स्थानीय तहलाई कमजोर बनाउन षडयन्त्र गरिरहेको दाबी गर्दै भने, ‘वर्तमान सत्ता गठबन्धनले स्थानीय तहलाई कमजोर पार्ने षडयन्त्र गर्दै निर्वाचन टार्ने प्रयत्न गरी रहेको छ । वर्तमान पाँचदलीय गठबन्धन जनता माझ जान डराइ रहेको कारणले निर्वाचन धकेलिन खोजिएको हो ।’
उनले सत्ता भागबन्डा र अस्थिरताको कारण मुलुकको सबै क्षेत्र लथालिङ्गको अवस्थामा पुराएको आरोप लगाउँदै बैंकहरुमा मौद्रिक तरलता देखिन थालेको, आयात बढेको, महँगी हद भन्दा बढी आकासिएको साथै वैदेशिक मुद्रा सञ्चित हुन नसकेको बताउँदै जता हेर्दा पनि भद्रगोलै भद्रगोल भएको आरोप लगाए ।
उनले भने,‘वर्तमान गठबन्धन देश र जनताको पक्षमा नभई एमालेलाई सत्ताच्युत बनाउन मात्रै निर्माण भएको हो । विगतमा लुम्बिनी प्रदेश सरकार ७ जना मन्त्रीले नमुनाका रूपमा प्रदेश सरकार सञ्चालन गर्दै विकासको गति अघि बढाएका थियौ । तर अहिले मन्त्रीको सङ्ख्या १७ पुगे पनि जनताको काम सन्तोषजनक हुन सकेको छैन ।’
बाँकेको खजुरा गाउँपालिका-३ को बि–बोरिङमा निर्माण गरिएको सामूहिक आवासमा १६ वटा घर निर्माण सम्पन्न भएर वितरणसमेत गरी सकेको छ, भने ५ वटा घर निर्माणाधीन अवस्थामा छन् । निर्माण सम्पन्न भएका घरमा गाउँपालिकाले आह्वान गरेको सूचनाअनुसार प्राप्त निवेदनमार्फत विपन्न व्यक्ति पहिचान गरी घर उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
शौचालय, खानेपानी, विद्युतलगायत न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति हुनेगरी आवास निर्माण गरिएको छ । सो कार्यक्रमको स्वागत गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले गरेकी थिइन् ।
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend