Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानबिन


    शुक्रबार, माघ १४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डाेटी । दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ।

    कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले बताए।

    शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट समेत हटाएको छ। छानबिन सुरु भएकाले उनलाई शिक्षालयको प्रमुखबाट हटाएको बताइएको छ।

    यहाँ अध्ययनरत विद्यार्थीलाई कुखुरापालनबारे सिकाउन शिक्षालयले ५०० चल्ला खरिद गरेको थियो।

    कुखुराका चल्ला पठाउने व्यवसायीसँग फोनमा कमिशन मागेको अडियो सार्वजनिक भएपछि उनीमाथि छानविन सुरु भएको हो।

    शिक्षालयमा उनले पेन्टिङ, मसलन्द, भवन निर्माण, पेट्रोलियम पदार्थ, गाडी मर्मत, विद्यार्थी भर्ना, विद्यार्थी परिचयपत्र र पोशाकमा समेत आर्थिक अनियमितता गरेको आरोप लागेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार