Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अछाम एमालेमा पहिरो, सदमुकामका जिल्ला कमिटी सदस्य जनाला एकीकृत समाजावदी पार्टीमा समाहित


    बिहिबार, माघ १३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । नेकपा एमाले अछामका पुर्व जिल्ला कमिटी सदस्य कर्ण जनाला नेकपा ९एकीकृत समाजवादी० मा प्रवेश गरेका छन् । 

    बिहीबार नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, प्रेदशका उपाध्यक्ष शेर बहादुर कुँवर, उपसचिव तथा प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारी, केन्द्रीय सदस्य कुल कुँवरले टिका तथा खादा ओडाएर स्वागत गरेका हुन । 

    एमाले पार्टीमा केन्द्र देखी स्थानीय स्तरसम्म व्यक्तिवादी चरित्र हाबी भएको भन्दै उनले पार्टी छोडेको बताए । जनाला अछाम जिल्लाको सदरमुकाम मंगलसेन नगरपालिका १२ का स्थायी बासिन्दा हुन । उनले मंगलसेन नगरपालिकामा नेकपा ९एकीकृत समाजवादी० लाई पहिलो पार्टी बनाउन  भुमिका खेल्ने बताए । 

    अछाममा केही दिन अघि मात्रै तुर्माखाँद गाउँपालिका ५ का वडाध्यक्ष तुलाराम जैशी एकीकृत समाजवादीमा समाहित भएका थिए । अछाम एमालेमा गैरराजनैति मान्छेलाई प्रोत्साहीत गरेको भन्दै एमाले छाड्नेको लर्को लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार