Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • म्याद गुज्रेका खाद्यवस्तु बजारमा छ्यापछ्याप्ती


    मंगलबार, माघ ११ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तेह्रथुम ।  तेह्रथुम जिल्लाको छथर शुक्रबारे बजारमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश न्यौपानेको नेतृत्वमा गरिएको अनुगमनमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको हो । 

    मंगलबार गरिएको अनुगमनमा तेत्तीस हजार ४ सय ७० रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरी जलाइएको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ । 

    बजार क्षेत्रमा रहेका किसान, होटेल, मासु पसल तथा औषधी पसलहरूमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा दर्ता नभएका पसल तथा व्यवसायलाई दर्ता गरी सञ्चालन गर्न समेत सुझाइएको थियो । 

    इजाजत भएकालाई समयमा नवीकरण गर्न र इजाजत नभएका व्यवसायलाई तत्काल इजाजत लिएर मात्र सञ्चालन गर्न आग्रह गरिएको छ । 

    जिल्ला प्रशासन कार्यालय तेह्रथुम,घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुम,जिल्ला स्वास्थ्य कार्यालय, कोष तथा नियन्त्रण कार्यालय र शुक्रवारे प्रहरीचौकीको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार