Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता


    मंगलबार, माघ ११ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जरकोट । छेडागाड नगरपालिका-१३ दमाचौरमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । भेरी नगरपालिका-१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे३त १४९५ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सञ्चार शाखाले जानकारी दिएको छ । 

    सञ्चार शाखाका अनुसार अन्दाजी सडकबाट ५५ मिटर तल भेरी नदीमा ट्याक्टर खसेको थियो । सोमबार बेलुकी साढे ६ बजेतिर ट्याक्टर दुर्घटनामा परेको शाखाको भनाई छ । स्थानीयका अनुसार सडकबाट ट्याक्टर खसेको थियो ।

    ट्याक्टर धनीका अनुसार ट्याक्टरमा चालक र सहचालक सवार रहेका थिए । चालक र सहचालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    घटनाका विषयमा प्रहरी टोली सोही ठाउँमा खटिई अनुसन्धान गरिरहेको छ । यो समाचार तयार पार्दासम्म कुनै जानकारी नआएको सूचना शाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार