Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्यामरुन नाइटक्लबमा आगलागी हुँदा १६ को मृत्यु, आठ गम्भीर घाइते


    सोमबार, माघ १० २०७८
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । क्यामरुनको राजधानी सहर याओउन्डीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

    आगलागीमा आठ जना घाईते भएका छन् । नाइट क्लबमा राखिएको पटका पड्किदा आगो लागेको हो । पट्काबाट सल्किएको आगो केही मिनेटमा क्लबभर फैलिएको थियो । 

    घटनाबारे सरकारले अनुसन्धान सुरु गरेको छ । बिस्फोटमा मृत्यु भएका व्यक्तिका आफन्तप्रति राष्ट्रपति पाउल वियाले गहिरो समवेदना व्यक्त गरेका छन्।

    आगलागीमा जलेकामध्ये केहीको अवस्था गम्भीर रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । क्यामरुनमा यसअघि पनि नाइट क्लबमा आगो लाग्दा क्लबमा रमाउन गएका मानिसहरुको जलेर मृत्यु भएको थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार